गजल

718
views

सम्हालिन गार्‍हो परेको बेलामा
आँखाबाट आँसु झरेको बेलामा

खै कसरी तिम्रो सुरक्षा गरौंला
म भित्रको म नै मरेको बेलामा

नआउनु निर जे नि हुन सक्छ
आत्मघाती युद्ध गरेको बेलामा

भाई भाई फाटो ल्याउनै हतार छ
रावणले सीता हरेको बेलामा

यो भोक पनि बडो जिद्दी गर्न थाल्छ
शत्रुले कनिका छरेको बेलामा

नसम्झनु मिठा पलहरु अतितका
अर्कैले सिउँदो भरेको बेलामा

आँशुको नै बाढी आउँछ अगाडि
दुस्खको सागर म तरेको बेलामा

किरण ढकाल गोरखा