कुश्मा ज्ञादी पुलमा अत्यधिक मोटरसाईकल आवतजावतले पैदलयात्रीलाई सास्ती

121
views

नवदृष्टि संवाददाता
पर्वत, २, बैसाख

नेपालमै सबैभन्दा अग्लो मानव निर्मित कुश्माज्ञादी झोलुङ्गे पुलमा अत्यधिक मात्रमा मोटरसाईकल आवतजावतले पैदलयात्रीलाई सास्ती भइरहेको छ ।
दैनिक करिब तीन चार सयको हाराहारमा मोटरसाईकल आवतजावत गर्ने र एकैपटकमा एक भन्दाबढि बाईक सावरगर्ने भएकाले पनि पैदलयात्रीलाई समस्या भएको छ ।
अत्यधिक व्यस्त रहने यो झोलुङ्गे पुलमा आन्तरिक तथा बाह्य पर्यटकहरुपनि अत्यधिक आउने गरेका छन् । पुलका डेग, जाली, फेर्नुपर्ने नटवल्टु कस्नुपर्ने अवस्थामा पुगेका छन् ।
पुलमा एकैपटकमा धेरैबाईकहरु हाल्ने र भ्रमणआएका आन्तरिक बाह्य पर्यटकहरु एकैपटक हिड्ने भएकाले पुल हल्लीने आवतजावतगर्दा सहजनहुने समस्याहरु देखा परेका छन् ।
पुलमा एकपटकमा एक वाईक चलाउने नियम बसाल्नपनि निकै कठिन र कसैले चासो दिएको पाईदैन, कुनपमा ९ कटुवाचौपारीका वडाअध्यक्ष रामशर्मा लामिछाने, पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष शिव शर्मा पौडेल मर्मतसंहारको लागि नगरपालिकामा पुगेको भएपनि कुश्मा नगर पालिका प्रमखर रामचन्द्र जोशीले मर्मतसंहारको लागि आश्वसन दिएको बताईएको छ ।
पुलको मर्मत संहारको लागि वडाअध्यक्ष र म नगरप्रमुख कहा पुग्यौ नगरप्रमुखले म पहल गर्छु मर्मत सम्हार गर्नेपर्नेछ भनेर आश्वासन दिएको पुलनिर्माण उपभोक्ता समियतिका अध्यक्ष शिव शर्मा पौडेलले बताए ।