मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

114
views

नवदृष्टि संवाददाता
पर्वत, ३, बैशाख

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पुर्वाअनुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जनाए अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरू र बाँकी पहाडी भू-भागको एक,दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यान्ह पछि हावा हुरीको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको एक,दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।