नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सुरुङ ‘ब्रेक थ्रू’

134
views

नवदृिष्टि संवाददाता
पर्वत, ३, बैसाख

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सुरुङ सोमबार छेडिएको छ । दिउँसो १ बजे आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ ‘ब्रेक थ्रू’ गरिएको हो ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङ खोलिएको हो ।
सुरुङ मार्गको लम्वाई लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि अझै केही समय लाग्ने जनाइएको छ । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल ब्रिज र एउटा फ्लाइओभर रहेका छन् ।
सुरुङभित्रको सडक ढलान, बत्ती जडान लाइटिङ, अक्सिजन पाइप जडान भेन्टिलेसन लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।