दलमा आबद्ध शिक्षकलाई कारबाहीगर्ने विषयमा शिक्षामन्त्रीले थालिन् छलफल

75
views

नवदृष्टि संवाददाता
काठमाडौ, ४, बैसाख

राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्नेबारे शिक्षामन्त्री श्रेष्ठले छलफल थालेकी छीन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूलाई कारबाही गर्ने विषयमा सरोकारवालासग छलफल थालेकी छन् ।
राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने विषयमा मन्त्री श्रेष्ठले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासग छलफल गरेकी हुन् ।
प्रचलित कानुनले शिक्षकलाई राजनीति गर्नबाट बन्देज गरेकोले कानुन कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको बताइएको छ ।
छलफलका क्रममा प्रमुख आयुक्त थपलियाले विद्यमान कानुन, विगतमा अदालतबाट भएका फैसला र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर दलमा आबद्ध शिक्षक र कर्मचारीलाई कारबाही गर्न  समस्या नरहेको बताएका छन् ।