चैते दशै मेला, बाग्लुङ् कालिका

83
views

नवदृष्टि संवाददाता
पर्वत, ४, बैसाख

चैते दशैको अवसरमा नेपालकै सुप्रसिद्ध बाग्लुङ कालिका मन्दिरमा दर्शनार्थीको भिड लागेको छ ।
मंगलबार चैत्रे दशैको अवसरमा विहानैबाट बाग्लुङकालिका मन्दिरमा पुजाआर्चना गर्नको लागि हजारौ हिन्दुधर्माबलम्वीहरुको भिड लागेको थियो ।
वर्षेनी चैते दशै मेलाभर्न पर्वत बाग्लुङ म्याग्दीबाट मात्रै होईन अधिराज्यभरका बाग्लुङ कालिका दर्शनगर्न आउने गर्दछन् । विशेषगरि चैत्रेदशैमा मेला लाग्ने गर्दछ बाग्लुङकालिमा अष्टमी, नवमी, दशमी बढि भिड हुने गर्दछ ।
केहि भक्तजनहरु चैते दशैको अघिल्लोदिननै दियो जलाई जाग्रामबसी चैते दशैमा दिन पुजाआजगरि घर फर्कका थिए
कालिका मन्दिरमा हजारौ बोका, कुखराहरुको पनि बलीदिने चलन रहेको छ । कालिका मन्दिरमा पुजाआजा गरेपछि मनोकांक्षा पुरा हुन्छ भन्ने जनविश्वास रहेको छ ।