सेतो मच्छिन्द्रनाथको रथजात्रा,धुमधामका साथ

80
views

नवदृष्टि संवाददाता
पर्वत, ५, बैशाख

काठमाडौ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट सुरु भएको सेतो मच्छिन्द्रनाथको रथजात्रा यसवर्षपनि धुमधामकासाथ पुजाआर्चनागर्दै सुरु गरिएको छ । काठमाडौको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा तीनधारा पाठचशालाबाट सुरु भएको छ । तीनधारा पाठशालाबाट सुरु भएको रथ जात्रालाई मंगलबार जमलबाट तानेर असन पु¥याइएको छ । प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरूको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी (मंगलबार) बाट सुरु भएको  रथ तानेर मंगलबार नै असन पु¥याइएको थियो ।
आज (बुधवार) रथलाई तानेर असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमान ढोका पु¥याईने बताएको छ ।
चैत ६ गते रथ लाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुु“दै लगन चोक पु¥याईने र मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको छ । जात्राको चौथो दिन वैशाख ७ गते लगनटोलमा अवस्थित आमा रुख परिक्रमा गराइन्छ। अन्तिम दिन वैशाख ८ गते साँझ लगनबाट मूर्तिलाई पुनस् खटमा राखी ज्याबहाल द्यः, यूतुननि, कोहिटि, भिमसेनस्थान, मरु, यटखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहाल स्थित मन्दिरमा विराजमान गराएपछि जात्रा सम्पन्न हुन्छ।
सेतो मच्छिन्द्रनाथल करुणाको खानी मानिन्छ । पानी, सहकाल र दीर्घ जीवनको कामना गर्दै यो रथयात्रा निकाल्ने चलन रहिआएको बताईन्छ ।