सिद्धार्थ बैंक र प्रभु लाइफबीच बैंकास्योरेन्स सम्झौता

705
views

काठमाडौ । सिद्धार्थ बैंक र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रयास श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले आगामी दिनमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा जीवन बिमा गर्ने ग्राहकलाई आवश्यक जीवन बिमासम्बन्धी सेवाहरू सिद्धार्थ बैंकको प्रधान कार्यालय तथा सबै १ सय २३ शाखाबाट उपलब्ध हुने बताए । नवीकरण प्रिमियम तथा जीवन बिमाको प्रिमियम सिद्धार्थ बैंकबाट सजिलै बुझाउन सकिनेछ ।